
बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो ।
मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।
थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्