सानेपामा देउवाबिनै कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि कांग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको महामन्त्री विश्‍वप्रकाश शर्माले बताए ।

उनका अनुसार बाँकी रहेका भ्रातृ संस्थाको विधान दुई/तीन दिनमा टुंगिनेछ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा उपस्थित रहेका छन् भने सह-महामन्त्री उमाकान्त चौधरी उपस्थित छैनन् ।

१९,फाल्गुन.२०७८,बिहीबार १५:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्