अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न आंशिक प्राध्यापकलाई अनेरास्ववियुको आग्रह

4.97K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियुले त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न आंशिक प्राध्यापकहरूलाई आग्रह गरेको छ।

त्रिवि सेवा आयोग तथा त्रिविका अन्य निकायमा आंशिक प्राध्यापकहरूले लामो समयदेखि तालाबन्दी गरेकोले सेवा प्रभावित बनेको अनेरास्ववियुको भनाइ छ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकालेर त्रिवि सेवा आयोगमा तालाबन्दी गरेर केही समूहले उपप्राध्यापक पदका लागि लिइने परीक्षा प्रभावित गर्न खोजेको उल्लेख गरेकी छन्।

खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको कामकारबाहीलाई प्रभावित गर्ने काम सर्वथा प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको अनेरास्ववियुको ठहर छ,’ अध्यक्ष बरालले निकालेको विज्ञप्तिमा उल्लेख छ।

आंशिक शिक्षकले नै तालाबन्दी गरेर योग्य शिक्षक विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा भएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो पनि मासिक तलब माग्दै त्रिविसहित देशैभरिका आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

‘विभिन्न निकाय र आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा खुला गरी विश्वविद्यालयका गतिविधि नियमित गर्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

साथै अनेरास्ववियुले आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा त्यस्तो कदमको विरूद्धमा जोस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने चेतावनीसमेत दिएको छ।

दैनिक ज्यालादारीबाट मासिक तलब दिनुपर्ने मागसहित आंशिक प्राध्यापकहरूले दुई सातादेखि त्रिवि र देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन्। त्रिवि र आंगिक क्याम्पसमा गरी करिब दुई हजार आंशिक प्राध्यापक कार्यरत छन्।

IME
khanepani