साताकाे अन्तिम दिन शुक्रबार सुनको मूल्य ताेलामा ९०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको साताकाे अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ ।

२०,फाल्गुन.२०७८,शुक्रबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्