
काठमाडौं । गत असारमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग झिकेको आरोपमा एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको कालिका नगरपालिका-२ स्थायी घर भएका ४० वर्षीय राजन प्रजालाई पक्राउ गरेको हो ।
उनलाई बनस्थलीबाट पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई पठाइएको परिसरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्