बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

4.62K
shares
khanepani bord

काठमाडौं । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोली एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक छन् । उनीमाथि गत मंगलबार बालिकालाई बलात्कार गरेको आरोप छ ।

उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

IME
khanepani