केन्द्रीय समितिमा प्रचण्डको प्रस्ताव : ‘एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रीत होऔं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रीत हुने प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीका अनुसार प्रचण्डले सुरुमा ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले पार्टले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताए ।

‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो । त्यसअनुसार समर्थन गरेर अगाडि बढ्यौं’ प्रचण्डको भनाइ उध्दृत गर्दै नेतृ घर्तीले जानकारी दिइन् ।

आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ । साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताएका छन् ।

नेपालले के चाहन्छन भनेर १२ बुँदामा स्पष्ट कुरा राखेका कारण एमसीसी पारित गर्दा माओवादीले राख्दै आएको अडान फेरिएको नभई आवश्यकता अनुसार सही निर्णय र आवश्यक निर्णय भएको प्रचण्डको जिकिर छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति काठमाडौंको राष्ट्रिय सभामा जारी छ ।

२०,फाल्गुन.२०७८,शुक्रबार १६:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्