काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रहरीको कडाइपछि जिप्रका तनहुँ परिसरबाट लाखापाखा भए युट्यूवर

5.89K
shares
khanepani bord

काठमाडौं । पल शाह पक्राउ परेपछि जिप्रका तनहुँको पुगेर कोलाहल मच्चाइरहेको भिड हटेको छ । करिब एक सातादेखि जिप्रका अगाडि युट्युवरहरु जम्मा भएर प्रहरीलाई नै वाधा पुर्‍याइरहेका थिए ।

जिप्रका अगाडिबाट ‘लाइभ रिपोर्टिङ’ गरिरहेका युट्यूवर प्रहरीले कडाइ गरेपछि लाखापाखा भएका हुन् । अन्य सेवाग्राहीलाई समेत असर परेकाले भिडभाड नियन्त्रण गरिएको जिप्रका तनहुँदा प्रवक्ता डिएसपी युवराज खड्काले बताए ।

उनले भने, ‘हिजोअस्तिको जस्तो वातावरण अहिले छैन । हामीले कडाइ गरिरहेका छौं ।’

अभिनेता पल शाहले जिप्रका तनहुँमा आएर आत्मसमर्पण गरेलगत्तै काठमाडौंबाट युट्युवर तथा केही अनलाइन पत्रकार दगुर्दै दमौली पुगेका थिए ।

युट्यूवरकै कारण त्यहाँ अरु मानिसहरुको भिड पनि बढेको थियो । त्यहाँ पल शाहको पक्षमा नारावाजी र हुटिङसमेत हुने गरेको थियो ।

IME
khanepani