बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

ओलीको घोषणा- कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

6.08K
shares
khanepani bord

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् ।

गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् ।

प्रदेश १ को नाम राख्न सकस परिरहेका बेला एमाले अध्यक्ष ओलीले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ । एमालेबिना सत्ता गठबन्धनको दुई तिहाई नपुग्ने भएकाले कोसी प्रदेशमा सबैलाई उभ्याउन ओलीले झापा पुगेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

IME
khanepani