
काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तुको सालकको आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार)सहित काठमाडौंको तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने ४० वर्षीय गोपाल बानियाँलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट संरक्षित वन्यजन्तुको २ थान छला, मोबाइल फोन, कालो झोला बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्