नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् ।

यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ ।

२३,फाल्गुन.२०७८,सोमबार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्