
विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे ।
अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।
नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उनले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताए ।
अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गरे । विकास निर्माणको काम पनि ठप्प भएको उनले बताए ।
एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ । सभामा ५० हजार सहभागी हुने एमालेका मोरङ जिल्ला सचिव रूपेश खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्