नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको अछाम सभापतिमा पुष्पबहादुर शाही निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानबाट शाही ७७९ सहित विजयी भएका हुन् ।

संस्थापन पक्षका शाहीले भरतकुमार स्वारलाई हराएका हुन् । पराजित स्वारले ७११ मत ल्याए । कुल खसेको १४९७ मत मध्ये ७ मत बदर भएको थियो।

शनिबार भएको अधिवेशनमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सोमबार पुन: मतदान भएको थियो .

सभापतिका तीन उम्मेदवार शाह, स्वार र राजन कुँवरबीच शनिबार भएको मतदानबाट कुँवर सबैभन्दा कम मत पाएर बाहिरिएका थिए।

२४,फाल्गुन.२०७८,मंगलवार १०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्