काठमाडौंदेखि गोरखासम्मको व्हिलचियर यात्रामा निस्किए आश र दिवस

काठमाडौं । ‘व्हिलचियर अपाङ्गको पहिचान होइन’ भन्ने मुल नाराका साथ व्हिलचियर यात्रीद्वय आश भुजेल र दिवस परियार काठमाडौंदेखि गोरखासम्मको व्हिलचियर यात्रामा निस्किएका छन् ।

रोग तथा दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर अपाङ्गता भएर व्हिलचियरमा जीवन बिताइरहेका आफु जस्तै व्यक्तिहरुलाई हौसला प्रोत्साहन प्रदान गर्न साथसाथै अपाङ्गता मैत्री संरचना निर्माण गर्नका लागि सर्वसाधारण तथा सम्बधित निकायलाई जानकारी दिने उदेश्यका साथ यो साहसिक यात्रा सुरु गरिएको हो ।

साहसिक व्हिलचियार यात्रा सम्पन्न गर्नका लागि गोकर्णेश्वर नगरपालिका काठामाडौं, बिआइए फाउण्डेसन, कागेश्वरी मनोहरा नगरपालिका, अर्थोपेडिक हस्पिटल, नेपाल अपाङ्ग सङ्घ, एसओएस, नेपाल स्पाइनल कार्ड इन्जरी खेलकुद संघ, मेरुदण्ड पक्षघात समुह लगायत संस्थाले सहयोग गरेको छ ।
यस साहसिक व्हिलचियर यात्रा २०७८ गोकर्णेश्वर नगर पालिका वडा नं ६ प्रमुख रमेश अर्याल , बिआइए फाउण्डेसनका सचिब नवाङ शेर्पा , नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ का कोषाध्यक्ष सबिन थापा, मेरुदण्ड पक्षघात समुहका अध्यक्ष ऋषि ढकाल लगायतले उनीहरुलाई बिदाई गरेका थियो ।

२४,फाल्गुन.२०७८,मंगलवार १२:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्