त्रिभुवन विश्वविद्यालयले क्रेडिट ट्रान्सफर भएका सीएका विद्यार्थीलाई समकक्षता दिने

काठमाडौं । सीए पढेर क्रेडिट ट्रान्सफर भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता पाउने भएका छन् ।

समकक्षताका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरुको माग पुरा गर्न त्रिभुवन विश्वविद्यालय तयार भएको हो ।

सोमबार बसेको पाठ्यक्रम विकासको बैठकले समकक्षता दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयका निर्देशक प्रा.डा. पारसनाथ यादवले बताए ।

सीए विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको भन्दै लामो समयसम्म आन्दोलित बनेका थिए ।

आफ्ना मागपुरा गर्न माग गर्दै विद्यार्थीहरुले यसअघि रेक्टर अफिस र सीडीसी अफिसमा तालाबन्दी समेत गरेका थिए ।

संघर्ष समितिका संयोजक एवं अनेरास्ववियुका केन्द्रीय सदस्य सुधन महतले त्रिविको निर्णयबाट आफूहरु खुसी भएको उल्ल्ेख गर्दै ढिलै भएपनि ठिक निर्णय भएको बताए ।

२५,फाल्गुन.२०७८,बुधबार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्