
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
उक्त समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
यसअघि सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । तर अमेरिकाबाट एग्रिमो आउन समय लागेपछि राजदूत नियुक्तिमा बिलम्ब भएको थियो ।
प्रतिक्रिया दिनुहोस्