संखुवासभामा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ रामदेवी भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पुष्टि गरे ।

उनले भने,‘अहिलेसम्म १४ जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ । म पनि घटनास्थल जादैछु। सशस्त्र प्रहरी र प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ।’ बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको थियाे ।

घाइते ५ जनाको उद्धार गरी थप उपचारको लागि हेलिकप्टरबाट धरान लैजान लागेको उनले बताए । उनका अनुसार मृतकको अझै पहिचान खुल्न सकेको छैन ।

बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।

२६,फाल्गुन.२०७८,बिहीबार १०:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्