काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने टोलीविरुद्ध चार नेपाली ब्याट्सम्यानले बनाए अर्धसतक

5.5K
shares
khanepani bord

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आसन्न त्रिकोणात्मक एकदिवशीय शृंखलाको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ ।

तेस्रो अभ्यास खेलमा बिहीबार प्रथम श्रेणी क्रिकेट खेल्ने श्रीलंका पुलिसविरुद्ध भिडिरहेको नेपाली टोलीले ३ सय ३२ रनको लक्ष्य दिएको छ ।

नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन जोडेको हो । नेपालका रोहित पौडेलले ७२, कुशल भुर्तेलले ५७, आसिफ शेखले ५२ र करन केसीले ५३ रन बनाए । कमलसिंह ऐरीले पनि ४५ रन जोडे ।

नेपालले अघिल्ला दुई खेलमा श्रीलंका नेभीमाथी फराकिलो जित हात पारेको थियो । यूएईमा हुने पपुआ न्युगिनीसमेत सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपालले तयारी गरिरहेको हो ।

IME
khanepani