ताप्लेजुङकाे फुङलिङ बजारमा आगलागी, एक वृद्धाको मृत्यु

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परेर एक वृद्धाको जनाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका- ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि लागेकाे आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।

उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरीऽ प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।

२७,फाल्गुन.२०७८,शुक्रबार १०:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्