काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

सिन्धु कांग्रेस सभापतिका लागि तीनजना मैदानमा, संस्थापन पक्षमा बागी उम्मेदवार

5.06K
shares
khanepani bord

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक को नवौं जिल्ला अधिवेशन आज देखि सुरु भएको छ।

केन्द्रको जस्तै जिल्ला सभापतिलगाएत पदाधिकारीमा सस्थापन पक्ष र कोइराला पक्षबीच प्यानलगत रूपमा नै प्रतिस्पर्धा हुने भएको छ।

जिल्ला सभापतिमा देउवा प्यानलबाट जगबहादुर तामाङ मैदानमा आएका छन् भने शेखर कोइराला समूहबाट इन्द्रावती गाउँपालिका अध्यक्षसमेत रहेका बशलाला तामाङ प्रतिस्पर्धामा छन् ।

जिल्ला सभापति हुन त्रिभुवन विश्वद्यिालयको प्राध्यापक पदबाट राजीनामा दिएका डाक्टर प्रेमध्वज तामाङलाई अन्तिम अवस्थामा आएर सभापतिको टिकट नदिएपछि उनी देउवा समूहबाट बागी उम्मेदवार बनेका छन्।

सिन्धुपाल्चोकमा केन्द्रिय सभापति देउवा पक्षको नेतृत्व केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गरिरहेका छन् भने कोइराला समूहको नेतृत्व वर्तमान जिल्ला सभापति विकास लामाले गरिरहेका छन् ।

कोइराला पक्षबाट भने बशलाल तामाङको मात्रै एकल उम्मेदवारी पर्ने भएको छ। बस्नेत पक्षबाट दुईजनाको उमेदवार परेपछि पहिलो चरणमा नै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको छ।

दोस्रो चरणमा जाँदा तेस्रो हुनेले जसलाई समर्थन गर्छन् ,उहीँ सभापति हुने सम्भावना बढेको छ।

त्यसैगरी देउवा समूहबाट उपसभापति पदमा टकबहादुर कार्की र पासाङ दोङ, सचीवमा भक्त ध्वज बोहरा र रमेश भण्डारी सहसचीवमा रामबाबु लुइँटेल र कृष्णभक्त नेपाल उम्मेद्बारी भएका छन्। उपसभापति ,सचीव र सहसचिव दुई–दुई जना निर्वाचित हुने व्यवस्था रहेको छ।

बशलाला तामाङ समूहबाट उपसभापति पदमा दोर्जे लामा र सोमबहादुर तामाङ ,सचीव अनुप न्यौपाने र सहसचिवमा देविराज श्रेष्ठले उम्मेद्बारी दिएका छन् ।

IME
khanepani