धानमा बाला नलागेर पीडित बनेका किसान पुनः आन्दोलित

काठमाडौं । समयमै क्षतिपूर्ति नपाएको भन्दै धानमा बाला नलागेर पीडित बन्न पुगेका किसानहरु पुनः आन्दोलित भएका छन् ।

डीवाई २८ नामक हाइब्रिड धान पीडित उपत्यका वरपरका किसानहरुले शुक्रबार माइतीघर मण्डलामा विराेध सभा गरेका हुन् । अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिकाे आयाेजनामा भएको कार्यक्रममा किसानहरुले सरकारसँग तत्काल क्षतिपूर्तिकाे व्यवस्था गर्न माग राखेका छन् ।

समयमै मल, बिउ र कृषि सूचना नदिएकाे सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएकाे पीडित कृषक आशिष अधिकारीले गुनासो गरे । सरकारले घाेषणा गरेको राहत रकम उपत्यकामा बूढानीलकण्ठका थाेरै किसानले मात्रै पाएकाे उनले गुनासो गरे ।

तत्काल क्षतिपूर्तिकाे व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी उनीहरुकाे छ । किसानलाई समयमै मल, बlउ र विषादीकाे उपलब्धता गराउन पनि उनीहरुले सरकारसँग माग राखेका छन् ।

२७,फाल्गुन.२०७८,शुक्रबार १३:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्