
काठमाडौं । बैकिङ कसुर मुद्दाका फरार एक जनालाई सितापाईलाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक गाउँपालिका ३ स्थायी ठेगाना भएकी हाल रामकोट बस्ने ३६ वर्षीया शान्ता कोइराला दवाडी हुन् ।
उनलाई उच्च अदालत पाटन ललितपुरले २०७८ माघ २१ गते ९ लाख ९० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएपछि फरार भएकी थिइन् ।
उनलाई फैसला कार्यान्वयनको लागि आज काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्