राजपुर गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा उनीसहित तीनजनाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

२७,फाल्गुन.२०७८,शुक्रबार १७:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्