युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

बेइजिङ । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ । यस क्रममा शनिवार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।

युक्रेनमा थप चिनियाँहरू रहेका र उनीहरूलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।

जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरूले पनि फिर्ता लगिसकेको जनाएका छन् ।रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।

२८,फाल्गुन.२०७८,शनिबार १३:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्