बारामा कांग्रेस सभापति चयनका लागि आइतबार मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको बारा जिल्ला सभापति चयनका लागि आइतबार दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार विहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।

पहिलो चरणको मतदानमा राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए । राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन् ।

२८,फाल्गुन.२०७८,शनिबार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्