बारा आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा एमाले प्रवेश

बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिवार (आज) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनले जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् । बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैँ बारा पुगेका छन् ।

२८,फाल्गुन.२०७८,शनिबार १७:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्