
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) कर्मचारी हित बहुउद्देश्यीय सहकारी संस्था लि. को छैठौं सधारण सभाबाट अर्जुनबाबु ढकाल सहित ११ सदस्य कार्यसमिति निर्विरोध सर्वसम्मत निर्वाचित भएको छ ।
संस्थाको कार्यालय काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को त्रिपुरेश्वर शाखाको चौथो तलामा स्थापना गरिएको र कार्यालयको उद्घाटन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक संञ्जिव बिक्रम राणाले गरेका थिए ।
१७७ जना सदस्य रहेको यस सहकारीको कार्यसमितिमा उपाध्यक्ष ओम शर्मा अधिकारी, सचिव प्रकाश कुमार राई, कोषाध्यक्ष सारदा कठयात, सदस्यहरुमा क्रमशः सुरेश आर्चाय, चपला ढकाल, विनिता सुवेदी, रमेश ढुगाना, शिव प्रसाद नेपाल, नरेन्द्रमान श्रेष्ठ र विकास श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरि लेखा समिति संयोजक पोषण राज रजौरीया, राजु कोइराला र गोपी सापकोटा सर्वसम्मत निर्वाचित भएका हुन ।
प्रतिक्रिया दिनुहोस्