काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

काँग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

5.25K
shares
khanepani bord

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि काँग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले काँग्रेसको १४ औँ महाधिवेशन गराएको हो ।

घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको चुनावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् ।

बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।

IME
khanepani