
काठमाडौं । विभिन्न विधामा उत्कृष्ट काम गरेबापत सातवटा नगरपालिका पुरस्कृत भएका छन् ।
नेपाल नगरपालिका संघको २९ औ साधारणसभाको अवसर पारेर उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरिएको हो ।
नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ र पुतलीबजार पुरस्कृत भएका छन् । त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ ।
वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका उत्कृष्ट बनेको छ भने स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको छ ।
त्यस्तै सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।
संघले सबै सूचकहरुका आधारमा नगरपालिकालाई प्रतिस्पर्धी आधारमा छनौट गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका छन् ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राप्तीकी प्रभा बराल, हरिवनका गणेश प्रसाई, पतुलीबजारकी सीमा क्षेत्री, बालिङका दिलिप खाँण, निलकण्ठका भीम ढुंगाना र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले उत्कृष्ट पुरस्कार ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्