
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीले एक्लै जित्ने स्थानमा चुनावी तालमेलको आवश्यकता नरहेको बताएका छन् ।
‘गठबन्धन गर्नैपर्छ भन्ने छैन । एक्लै जित्न सकिन्छ भने कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक छैन’ चुनाव प्रचार अभियानमा स्याङ्जा पुगेका पौडेलले आइतबार भने, ‘सैद्धान्तिक पक्षबाट कांग्रेस र कम्युनिस्टको विचार मिल्दैन । नदिको दुई किनारा जस्तो हो, भेटै हुँदैन ।’
स्थानीय तहमा गठबन्धन गर्ने वा नगर्ने अधिकार तल्लो तहकै संरचनालाई जिम्मेवारी दिनुपर्ने पौडेलको राय छ । उनले भने, ‘स्थानीय तहमा आवश्यक भए गठबन्धन हुन्छ, नभए हुँदैन भनी केन्द्रले निर्णय गर्नुपर्छ ।’
नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले दलभित्र मनमुटाव नराख्न कार्यकर्तालाई आग्रह गरे । ‘हार्नेलाई पनि सँगै लान सके तपाईंको वाहवाही हुन्छ । …जित्ने साथीहरु सिकन्दर नठान्नुस्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्