काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको सर्लाही सभापतिमा सिंह विजयी

5.01K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । सिंह संस्थापन पक्षका हुन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए ।

यस्तै उपसभापतिमा डाक्टर सरोज कुमार (राजु) १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

यस्तै सचिवमा निरज कार्की १७२६ र मनोजकुमार यादव १४२६ मतका साथ विजयी हुँदा उनीहरूका प्रतिस्पर्धी कष्णराज रायमाझीले १४१२ र नरेन्द्र भट्टराईले १३९९ मत पाए ।

सहसचिवमा इन्द्रबहादुर योञ्जनले १७११ मत र सुनिलकुमार कुशवाह १५७९ मतका साथ निर्वाचित भए । सहसचिवका उम्मेदवार सूर्यबहादुर खड्काले १३६५ दिनेश मिश्रले १२३७ मत पाए ।

IME
khanepani