नदीमा वेपत्ता भएका चार जना अझै भेटिएनन, खोजी कार्य जारी

सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी नदीमा तीन जना बालबालिका र दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा जना नुहाउने क्रममा शनिबार एक जना बेपत्ता भएका छन् ।

भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता हुने बालबालिकाहरुमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए ।

लेकबेंसी र रामघाटबाट खटिएका प्रहरी र स्थानीयहरुले भेरी नदीको दुई तिरबाट हराइरहेका बालबालिकाहरुको खोजी कार्य गरिरहेका छन् । उनीहरुसंगै रहेका रोजिता थापा र लक्ष्मी पज्भैयाले नदीमा बगेको देखेपछि आफन्त र प्रहरीलाई खवर गरेका थिए ।

त्यस्तै दैलेखको आठविस नगरपालिकास्थित राकम कर्णालीमा निर्माणाधीन पक्कि पुलमा काम गर्ने भारत पश्चिम बङ्गाल घर भएका १८ वर्षका रविन्द्र मण्डल शनिबार दिउँसो कर्णाली नदीमा नुहाउने क्रममा हराएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रजित सुनारले बताए ।

उनले कर्णाली नदीमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । पश्चिम बङ्गालबाट रार्कममा काम गर्न १२ जना कामदार आएका छन् । उनको खोजी कार्य भईरहेको दैलेख प्रहरीले जनाएको छ ।

३०,फाल्गुन.२०७८,सोमबार ०९:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्