सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घट्याे

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

३०,फाल्गुन.२०७८,सोमबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्