पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना सङ्क्रमण , १४८ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ५४१८ नमुनाको परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज (सोमबार) थप १४८ जना डिस्चार्ज भएका छन् ।

३५३९ जनाको पीसीआर र १८७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ५० र एन्टिजेन विधिबाट ८ जनामा सङ्क्रमण देखिएको हो ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ४८१९ रहेको मन्त्रालयले जनाएको छ।

३०,फाल्गुन.२०७८,सोमबार १७:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्