
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास योजनाहरु अहिलेको सरकारले रोकेको टिप्पणी गरेका छन् ।
एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रिय राजमार्गमा बनाउन भनी बजेटमा राखेका १० वटा पुलमध्ये ८ वटा पुल अहिलेको सरकारले हटाएको बताएका हुन् ।
नेकपा एमालेले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कोशी, भालुवाङ, मुग्लिनलगायतका ठाउँमा बन्ने पुलहरु एमाले सरकारबाट हटेपछि अहिलेको सरकारले अघि नबढाएको बताए ।
अदालतमा मुद्दा परेको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना पनि पूरा भएरै छाड्ने नेता पौडेलले दावी गरे । ‘केही संकीर्ण मानिसले मुद्दा पनि हालेका छन्’ पौडेलले भने, ‘आयोजना कार्यान्वयन कसैले रोक्न सम्दैन ।’
प्रतिक्रिया दिनुहोस्