आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने

काठमाडौं । आगामी चैत ९ गतेदेखि चितवमा ‘कृषि कर्जा मेला’ आयोजना हुने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिले संयुक्त रुपमा चितवनको भरतपुरस्थित एक्स्पो सेन्टरमा चैत ९ गतेदेखि १२ गतेसम्म मेला आयोजना गर्न लागेका हुन् ।

यो मेलाले बैंक र कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने र कृषि कर्जा मैत्री नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको मेला संयोजक सुष्मा शर्माले बताइन् ।

मेलाकै अवसरमा नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि यान्त्रीकरण प्रदर्शनी पनि गर्दै छ।

१,चैत्र.२०७८,मंगलवार ०९:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्