नेपाल-साउदी अरबबीच पारस्परिक सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटसमेत गर्दैछन् ।

१,चैत्र.२०७८,मंगलवार १२:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्