नेपाल टेलिकमले पहिलो पटक घोषणा गर्‍यो बोनस सेयर

काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक सेयरधनीहरुलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

टेलिकमले यसअघि नगद लाभांश मात्रै दिने गरेको थियो । सञ्चालक समितिको निर्णयलाई अब अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्ने हुन्छ । मन्त्रालयले स्वीकृति दिएपछि आगामी साधारणसभाले अनुमोदन गरेमा सेयर धनीहरुले घोषित लाभांश पाउनेछन् ।

१,चैत्र.२०७८,मंगलवार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्