
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन रियल टाइममा गर्ने गरी छलफल भइरहेको बताएका छन् । महँगीमा उपभोक्ता पर्नुका कारण पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न छलफल थालिएको बताए ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार आयाेजना कार्यक्रममा बाेल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुकाे कारण पेट्रोलियम पदार्थ हाे । अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्नु हुन सक्छ, हामी छलफल गरिरहेका छाैं ।’
औषधिमा पनि उपभोक्ता ठगिएको भन्दै उनले उपभोक्ताकाे कानुनी अधिकार संरक्षण गर्न सरकार तयार रहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्