राप्रपा नेपाल पर्सामा यादव, बाजुरामा सुनुवार चयन

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले जनवर्गीय संगठनसँगै विभिन्न जिल्लामा समितिहरु गठन गरिरहेको छ ।

मंगलबार मात्रै राप्रपा नेपालले पर्सा जिल्ला अध्यक्षमा जङ्ग बहादुर यादवलाई चयन गरेको छ । यादवको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

उता, बाजुरा जिल्लाको अध्यक्षमा कमल सुनुवार चयन भएका छन् । सुनुवारको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल बाजुरा जिल्ला कार्य समिति गठन भएको छ ।

जनवर्गीय संगठनहरु धार्मिक, मुश्लिम, उत्पीडित र सांस्कृतिक संगठनको घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको सो पार्टीले जनाएको छ ।

१,चैत्र.२०७८,मंगलवार १७:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्