मन्त्रिपरिषद् बैठक : संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडाैं । सरकारले चालू संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

राष्ट्रपति भण्डारीले सूचना जारी गरे आज मध्यराति १२ बजेबाट अन्त्य हुनेछ ।

अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

अधिवेशनमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै रहेपनि अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव संसदमा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको भएको हो ।

१,चैत्र.२०७८,मंगलवार १८:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्