भक्तपुरमा रोकिराखेको टिपरमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१० भत्केकोपाटीमा रोकीराखेको टिपरमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

सडक छेउमा रोकीराखेको बा ५ ख ४७६७ नम्बरको टिपरको पछाडि प्रदेश ३ ०२ ००२ प ८२९५ नम्बरको मोटरसाइकल हिजो बेलुकी आठ बजे ठोक्किएको थियो ।

दुर्घटनामा भक्तपुर नगरपालिका–७ इनाचो घर भई हाल भत्केकोपाटी बस्ने ४० वर्षीय सत्यनारायण उलक गम्भीर घाइते भएका हुन् ।

उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

२,चैत्र.२०७८,बुधबार ०९:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्