ढकाल एमाले रामेछापको चुनावी प्रचारप्रसार समितिको संयोजक

रामेछाप । नेकपा एमाले रामेछाप नगर कमिटीको बैठकले नगर कमिटीको उपसचिव माधब ढकाललाई संयोजक बनाएको छ । ०७९ बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै एमाले रामेछपले चुनाव प्रचारप्रसार समिति गठन गरेको हो ।

नगर कमिटीको अध्यक्ष रोशन पाख्रीनको अध्यक्षतामा सम्पन्न भएको बैठकले विगतको प्रविधिक कमिकम्जोरी लाई मध्यनजर गर्दै पुष्पलालको जन्मथलोमा कम्युनिष्टमय बनाउने प्रतिबद्धताको साथ संयोजक ढकाल र नवराज विश्वकर्मा सदस्य ,रहने गरि प्रचारप्रसार समिति गठन भएको हो ।

आजको बैठकले ढकाललाई चुनावी प्रचारप्रसार समिति संयोजकसगै नगरको पार्टी प्रबक्ता समेतको जिम्मेवारी दिएको छ । रामेछाप एमाले नगरले एकहप्ता अघिदेखि घर दैलो कार्यक्रमलाई जोड दिर्दै आएको छ ।

२,चैत्र.२०७८,बुधबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्