
रामेछाप । नेकपा एमालेका रामेछाप नगरपार्टी अध्यक्ष रोशन पाख्रिन रामेछाप नगरपालिकाको मेयरका एक्ला उम्मेदवार हुन । उनीले आफ्नो एउटा महत्वकाक्षी योजना अगाडि सारेर चुनावी अभियानमा लागेका छन ।
उनी भन्छन, पार्टीले टिकट दियो र नगरबासीले भोट दिएर जिताउनु भयो भने पुरानो सदरमुकामलाई शहर बनाउने नेकपा एमालेको निबर्तमान सरकारले गरेको निर्णयलाई कार्यान्वयन गरि रामेछाप बजार र नगरपालिका भित्रका मिनिमार्केटहरूलाई सुन्दर शहर बनाएर रामेछप नगरपालिकालाई मुलुककै एउटा नमुना नगर बनाउने महत्वकाक्ष सहित चुनावी अभियानमा लागेका छन ।
उनको यो आकाक्षा पुरा हुन दुईवटा महत्वपूर्ण काम भने अझै बाकि छन । पहिलो उनलाई पार्टीले टिक दिनु पर्ने हुन्छ, भने दोस्रो उनलाई नगरवासिहरुले चुनाव जिताउनु पर्ने हु्रन्छ । त्यसपछि उनको कामको मुल्याकन हुने कुरा रामेछाप नगरवासीहरुको तर्क रहेको छ ।
उनी यस भन्दा अगाडिको निर्वाचनमा पनि मेयरको उम्मेदवार थिए । नेपाली कांग्रेसका उम्मेवार भन्दा निक्कै झिनो मतले पराजीत भएका पाख्रिन नगरका युवाहरु वीच निक्कै लोकप्रिय छन ।
चुनावी प्रतिशप्रर्धामा रामेछाप नगरपालिकामा एमालेका तर्फबाट पाख्रिन मेयरको उम्मेदवार भएमा अरु पार्टीका नेतालाई भारी हुने संकेत देखिएको छ । अहिलेका मेयर र उपमेयर दुवैले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुने इच्छा देखाएका छन ।
नरबहादुर मगर पछि हटेमा नेपाली कांग्रेसको तर्फबाट लबश्री न्यौपाने उम्मेदवार भएमा पाख्रिनको जित निश्चित जस्तै हुने देखिएको छ । लबश्री न्यौपाने पनि रामेछापका जनतामाझ लोकप्रीय नेता नै हुन ।
प्रतिक्रिया दिनुहोस्