अभिनेत्री मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्ने

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर वैशाख ९मा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ ।

एमाले स्रोतका अनुसार वैशाख ९ मा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धरले स्थापना दिवसको अवसरमा पार्टी प्रवेश कार्यक्रम राख्ने जानकारी आएको बताइन् ।

अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।

२,चैत्र.२०७८,बुधबार १४:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्