काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण...

पुरा पढ्नुहाेस्

महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुन्छ : प्रवक्ता पाण्डे

4.86K
shares
khanepani bord

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि बजेट अधिवेशनमा छलफल हुने बताएका छन् ।

बुधबार उनले यो अधिवेशन अन्त्य भएकाले अब बजेट अधिवेशनमा छलफल हुने बताए ।

महाअभियोग प्रस्ताव पनि विभिन्न प्रस्तावमध्ये एउटा प्रस्ताव हो र यो पनि विचाराधीन अवस्थामा पुगिसकेको हुनाले यसको छलफल पनि निरन्तर अघि बढ्छ भनेर अपेक्षा गर्न सकिन्छ’ उनले भने ‘…सम्माननीय सभामुखज्यूले आगामी बैठकमा यो छलफल गर्ने भनेर अघि लगिसकेको कुरा हो ।’

प्रवक्ता पाण्डेका अनुसार संघीय संसदको बजेट अधिवेशनमा पनि महाअभियोग प्रस्ताव पनि बजेट अधिवेशनमा छलफल हुनसक्नेछ ।

IME
khanepani