
काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन न्यापालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढेको भन्दै त्यसको संवैधानिक तथा कानूनी प्रतिवाद गर्दै भण्डाफोरमा उत्रिने निर्णय गरेको छ ।
संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभइ अदालतलाई आफू अनुकूल चलाउन आएको थियो भन्ने कुरा संसदको अधिवेशन हठात् अन्त्य गर्नुले पनि पुष्टि भएको बताएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले अदालतलाई अस्थिरतामा राख्ने दुराशयको भण्डाफोर गर्दै आवश्यक पर्दा सबै उपायबाट न्यायिक स्वतन्त्र बचाउन एमाले तयार रहेको बताए ।
प्रमुख सचेतक भट्टराईले महाअभियोग प्रस्तावको उद्देश्य प्रष्ट भइसकेको भन्दै अदालतलाई सत्ता गठबन्धनको मतियार बनाउने संकेत देखिए एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्