स्थानीय तह निर्वाचन- निर्वाचन आयोगमा उम्मेदवारी मनोनयनको कार्यतालिका पेश

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख ११ वा १२ तोक्ने गरि प्रस्ताव लगेको छ ।

आयोगको बैठकमा मनोनयनको मितिबारे छलफल भए पनि निर्णय नभएको सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले बताए ।

उम्मेदवारी मनोनयनपछि प्रचार प्रसारको म्याद दुई साताभन्दा बढी नहुने गरि मिति तोक्नेबारे छलफल भइरहेको छ । अर्यालले वैशाख ११ वा १२ को मिति तय हुने जानकारी दिए ।

आयोगको बैठकमा उम्मेदवारी मनोयनका लागि दुई दिन समय छुट्याउनेबारे छलफल भइरहेको छ ।

आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

आयोगले वैशाख ११ देखि मनोनयन प्रक्रिया शुरु गरेर १७ गतेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका बनाएको छ ।

४,चैत्र.२०७८,शुक्रबार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्