कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।

आज बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ । परीक्षा तालिका केहीबेरमा प्रकाशित गर्छों ।

४,चैत्र.२०७८,शुक्रबार १८:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्