काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को...

पुरा पढ्नुहाेस्

मिलन पाण्डे समूहको चेतावनी : रवीन्द्र मिश्रसँग अदालतको कठघरामा चाँडै भेट हुनेछ

4.6K
shares
khanepani bord

काठमाडौं । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेको समूहले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गरेको छ । अध्यक्ष रवीन्द्र मिश्रसँग चाँडै अदालतको कठघरामा भेट हुने चेतावनीसमेत उक्त समूहले दिएको छ ।

पार्टीले हालै २६ जना केन्द्रीय सदस्यहरुलाई कारवाही गरेको विषयमा विरोध जनाउँदै उक्त चेतावनी दिइएको हो । पाण्डे समूहको तर्फबाट हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उक्त कारवाहीलाई कायरताको पराकाष्टा भनिएको छ ।

‘रबीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै नै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त छौँ ।’

यो कारबाही पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथी धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

IME
khanepani